काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी एक ९ दिने सुत्केरीमा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत पीसीआर रिपोर्ट पोजेटिभ आएपछि कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको निधन भएको छ । उनको पशुपति आर्यघाटमा विद्युतिय शवदाहबाट अन्तिम संस्कार गरिँदै छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका, राम्चे निवासी ति महिला बैशाख २४ गते काठमाडौंको शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो ।
२५ गते घर फर्किएपछि ज्वरो स्वास फेर्न समस्या भएर स्थानीय स्वास्थ्य संस्थामा जाँच गरिएको थियो तर निको नभएको तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा भर्ना भएकि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको धुलिखेलमै गरेको आरडि र पीसीआर रिपोर्ट पोजेटिभ आएपनि मन्त्रालयले थप अध्ययन गर्ने भन्दै रिपार्ट सिधैं मन्त्रालय लगिएको थियो । टेकु प्रयोगशालामा गरेको पीसीआर रिपोर्ट पछि सरकारले औपचारिक रुपमा नेपालमा कोरोना भाइरसबाट पहिलो व्यक्तिको निधन भएको बताएको छ ।





