काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड(१९) का कारण भए नभएको अध्ययन गरेर मात्र यसबारे विवरण सार्वजानिक गर्ने भएको छ ।
उपचारका क्रममा बिहीबार २९ वर्षीया सुत्करीको धुलिखेल अस्पतालमा निधन भएको थियो ।सिन्धुपालचाेक बाह्रबिसे नगरपालिका राम्चे ९ कि उनी बैशाख २४ गते काठमाडौंको शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी थिइन् । २५ गते घर फर्किएपछि ज्वरो स्वास फेर्न समस्या भएर स्थानीय स्वास्थ्य संस्थामा जाँच गरिएकाे थियाे तर निकाे नभएकाे तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा भर्ना भएकि स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
उनको धुलिखेलमै गरेको आरडि र पीसीआर रिपोर्ट पोजेटिभ छ । तर मन्त्रालयले थप अध्ययन गर्ने भन्दै रिपार्ट सिधैं मन्त्रालय लगिएको अस्पताल स्रोतले दाबी गरेको छ । मन्त्रालयले कोभिड(१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । काेराेनाबारे जानकारी दिन गरिएकाे नियमित सम्मेलनमा बाेल्दै उनले कोभिड(१९) का कारण भए नभएको अध्ययन गरेर मात्र यसबारे विवरण सार्वजानिक गर्ने बताए ।
यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ । उता सुत्केरीको गाउँ सिन्धुपाल्चोकको बाह्रबिसे र खाडी चौरमा पनि सिल गरिएको छ ।




