काठमाडौं।शनिवार अपरान्ह थप दुई जनामा कोरोना पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका २६ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।हालसम्म २६ जिल्लाका २ सय २४ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनालाई जितेर ३६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका छन ।
प्रदेश नम्बर एकमा ३६ ,प्रदेश नम्बर २ मा १०९, वागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३ जना, प्रदेशनम्बर ५ मा १०९ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालमा पीसीआर विधिबाट २६ हजार ६ सय ९१ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म ९२ हजार ४ सय ४० को परिक्षण भएको उनले बताए । १६ हजार ३ सय ६६ जना क्वारेन्टाइनमा र ३ सय २० जना आइसोलेशनमा छन ।




