एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४६ लाख २४ हजार नाघेको छ ।
वल्डोमिटरर्सको नेपाली समयानुसार शनिबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै विगत २४ घण्टाको अवधिमा ५ हजार ७२ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५८ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
कोरोनाबाट संयुक्तराज्य अमेरिकामा संसारकै सबैभन्दा धेरै मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १५ सय ९५ जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसबाट मर्नेको संख्या भने ८८ हजार ५ सय ७ रहेको छ । विगत २४ घन्टामा २६ हजारा ६ सय ९२ जना नयाँ संक्रमित भेटिएका छन् । भने १४ लाख ८४ हजार जना संक्रमित भएका छन् ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ९९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
नेपालमा भने कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय नाघेको छ । शुक्रबार साँझसम्मको तथ्यांक अनुसार २ सय ६७ जनामा कोरोना पुष्टि भएको छ।




