काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि स्वास्थ्य र उर्जालाई प्राथमिता दिइएपनि अहिलेको महामारीलाई जति सम्बोधन हुनुपर्ने हो त्यति सम्बोधन भएको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको उपायलाई लागू गरेको छ तर दिनानुदिन कोरोना संक्रमितहरु फेला पर्ने क्रम बढ्दै गइरहेको छ ।
लकडाउनलाई मात्रै कोरोना नियन्त्रणको औजार बनाएको कारण संक्रमित फैलिँदैै गएको अवस्थामा सरकारले नीति तथा कार्यक्रम मार्फत जनतालाई दिइने राहत प्याकेजमा भने सरकार चुकेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि तथा फैलिन नदिनको लागि समुदाय स्तरमा व्यापक रुपमा कन्ट्याक ट्रेसिङलाई बढाउनु विकल्प नभएको,लकडाउन र धेरै संक्रमति भएको ठाउँलाई सिलबन्दीमा मात्रै गरेर हुँदैन भन्ने वस्तुनिष्ठ तथ्यलाई सरकारले भुलेको छ । भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने कामलाई कडाइका साथ रोकथाम गर्नु र सिलबन्दी गरेका जिल्ला–जिल्लामा पिसिआर टेष्टको दायरालाई फराकिलो बनाउनुपर्ने अवस्थामा सरकारले कृषिलगायत आन्तरिक उत्पादन वृद्धि र रोजगारीका साथै स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
लकडाउनकै बीचमा आएको नीति तथा कार्यक्रमले जनतालाई राहत दिने भन्दा पनि कृषिमा गरिने लगानीलाई झन्झटिलो बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७-०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कृषि र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखिएको देखिएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भएका बेला सार्वजनिक गरिएको नीति कार्यक्रममा स्वास्थ्य पूर्वाधारका साथै अर्थतन्त्रलाई पुनरुत्थान गर्ने कार्यक्रमहरु समेटिएको छ । यसै आधारमा अब जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनेछ । नीति कार्यक्रममा कोरोनाको प्रभावका कारण वैदेशिक रोजगारीबाट फर्किने जनशक्तिलाई कृषिमा परिचालन गरिने उल्लेख गरिएको छ । यसैगरी युवा जनशक्तिलाई समेत कृषिमा आकर्षित गरी आन्तरिक उत्पादन बढाइने उल्लेख छ । तर यसको कार्यान्वयनको प्रकृया भने अन्यौलमा रहेको छ । कार्यान्वयनको प्रकृयासहित अबको बजेट कसरी आउने छ भन्ने विषय भने हेर्न बाँकी नै रहेको छ ।
नीति कार्यक्रममा कृषि उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने लक्ष्यसहित कृषि पूर्वाधारमा आवश्यक लगानी गरिने प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणसँग जोड्ने बताइएको छ । स्वदेशी बस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं भन्ने नारा अघि सारिएको छ । कृषिको विकासका लागि आवश्यक सडक, विद्युत, सिचाई, शितभण्डार, संकलन केन्द्र जस्ता पूर्वाधारको विकास सरकारले गर्ने नीति कार्यक्रममा अघि सारिएको छ । उत्पादन बृद्धि हुने गरी उद्योग क्षेत्र कार्य सन्चालन गरिने , निर्यातमुलक उद्योगलाई संक्षण र प्रबद्र्धन गरिने ,विशेष आर्थिक क्षेत्रको पुर्वाधार विकासको लागि सरकारले लगानी बढाउने,एकीकृत रुपमा उद्योगको विस्तार गर्न ४५ स्थानमा औद्योगिक ग्रामको विस्तार सुरु भएको उल्लेख गरिएको छ । यसैगरी अन्तरदेशीय आर्थिक क्षेत्रको कार्य अगाडी बढाइने,सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुन संचालन गरिने,खाद्य कृषि बनजन्य बस्तुको प्रशोधन अत्यावश्यक सामाग्री तथा स्वदेशी कच्चा दिार्थ प्रयोग गर्ने उद्योग स्थापना गरिने, उत्पादकत्वमा बृद्धि औद्योगिक व्यवसाय प्रबद्र्धनका लागि औद्योगिक व्यवासाय प्रतिष्ठानको पुन संरचना गरि एकीकृत संस्थापना गरिने, यस सस्थाले औद्योगिक क्षेत्रमा चाहिने हरेक प्रकारको आवश्यकताको अध्ययन र अनुसन्धान गरी काम गर्ने नीति कार्यक्रममा भनिएको छ । लघु तथा घरेलुका साथै साना तथा मझौला उद्यामहरुलाई स्थानीय तहमा अभियानको रुपमा काम गर्न, एकलविन्दु सेवा केन्द्रलाई आवश्यक अधिकार दिइने छ,कम्पनी कार्यलाई आधुनिकीकरण गरिने , गुणस्तर निर्धारणको क्षमता बृद्धि गराइने समेत नीति कार्यक्रममा ल्याइएको छ । यसैगरी ठूला आयोजनाहरुलाई अघि बढाउनका लागि स्रोतको अभाव हुन नदिन बैदेशिक लगानीलाई आकर्षित गरिने पनि नीति कार्यक्रममा सार्वजनिक गरिएको छ ।
संसदमा सरकारको नीति तथा कार्यक्रम स्वास्थ्यका विषय के – के परे ?
१.निरोगि नेपाल निर्माण गर्ने सरकारको मुल निति
२.स्वास्थ्य सेवामा प्रतिरोधात्मक, उपचारात्मक विधि अवलम्बन गर्ने ३.
आगामि बर्ष मुलुकभरका १ सय ७१ स्थानिय तहका वडामा पुर्ण खोप सेवा उपलब्ध गराइ पुर्ण खोप घोषणा गर्ने ४.आगामि बर्ष स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउने
५.भुगौल र जनसंख्याको आधारमा हरेक स्थानिय तहमा
५ देखि १५ शैयाको अस्पताल निर्माण गरि,स्तर वृद्धि गर्ने
६.सरुवा रोग रोकथाम नियन्त्रण उपचार एवम स्वास्थ्य विपद् ब्यवस्थापनको तयारि तथा प्रयोगशाला परिक्षण सहितको ३ सय शैयाको केन्द्रिय र न्युनतम ५० शैयाको प्ररदेश स्थरिय आत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने
७.उच्च रक्तचाप,मधुमेह,क्यान्सर,दम,कलेजो र महिलाहरुको पाठेघर सम्बन्धि रोगको रोकथाम पहिचान परिक्षण र उपचारका कार्यक्रमहरु देश ब्यापिरुपमा थप प्रभावकारि बनाउने
८.आमनागरिकलाई योगा ध्यान र शारिरिक ब्यायम सहितको जीवन पद्धती अपनाउन प्रेरित गर्ने
९.प्रमुख राजमार्गमा ट्रमा सेन्टर बिस्तार गर्ने
१०.त्रीवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गरिसकेको छ।आगामि आर्थिक बर्ष यस अस्पतालमा नेफ्रवलोजी तथा नयुरोलोजी केन्द्र स्थापना गरिने छ।
११.कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विद्यामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गरिने छ ।
१२.मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहिद गंगाला राष्ट्रिय ह्रदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने छ।
१३.पपरोपकार प्रसुति स्त्री रोग अस्पतालको सेवालाई थप विशिष्टिकृत गरिने छ।




