काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार साँझ ८ः १५ बजे सम्मको अपडेट अनुसार देशभर २ सय ७६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, दाङका २३ ३६ र ३४ वर्षका तीन पुरुष छन् । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
दाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।





