काठमाडौं।परोपकारी भावनाका प्रेम लामा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नम्बर ५ का वासिन्दा हुन।नेपाली कांग्रेसका युवा महाधिवेशन प्रतिनिधि लामाको अधिकांश समय समाजसेवामा वित्ने गर्छ । उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन । लामा अपांग अधिकारकर्मी र रेडक्रसकर्मी समेत हुन । उनी इजरायट आइएनजीओको सहयोगमा चलेको हनिएट संस्थाको अध्यक्ष समेत हुन ।
राजनीति र समाजसेवामा सक्रिय लामा सफल युवा उद्यमी समेत हुन । राजनीतिमा सक्रिय युवा पुस्ताका लागि लामा प्रेरेणाको स्रोत बन्न सक्छन ।
लामा शंकटको बेला सधै जनाताको साथमा हुने गर्छन । २०७२ सालको महाभूकम्पमा होस या अन्य महामरीमा होस उनी सधै जनताको घर दैलोमा पुग्ने गरेका छन । २०७२ सालको भूकम्पपछि टनेलघर निर्माण, जस्तापाता,त्रिपाल,राहत, विद्यार्थीहरुलाई कपी,कलम व्याग वितरणजस्ता कार्यमा सक्रिय भएका थिए ।
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको चपेटामा परेका नेपालीहरुको सेवामा लामा सर्मर्पित छन । लकडाउन सुरुभए पश्चात उनी दैनिक मजदूर, विद्यार्थी र दीर्घरोगीहरुको साहरा बनेका छन ।
जनताका सख दुखका सारथी लामाको बन्दाबन्दीले पनि समाजसेवा गर्ने मनलाई छेक्न सकेको छैन । कोरोनाको कहर र लकडाउनले त्रशित बनेको जनमानसको पीडमा उनी मल्हम लगाउने काम गरिरहेका छन । प्रमेले जस्तो आफ्नो नाम उस्तै काम गर्दै आएका छन । जसले उनको सामाजिक र राजनीतिक जीवनले उचाइ पाउँदै गएको छ ।
कोरोनाको कहरमा लामाले ज्यालादरी गर्ने विपन्न मजदूर, विद्यार्थीहरुलाई राहत, उनीहरुको उद्दार र दीर्घरोगीहरुलाई औसधी निशुल्क गराउँदै आएका छन ।
लामाले पहिलो चरणमा लकडाउनको मारमा परेका सिन्धुपाल्चोक र त्यस आसपासका काठमाडौ बसेर पढ्दै आएका २७ जना विद्यार्थीलाई कोठा कोठामा पुगेर राहत वितण गरेका थिए । उनले प्रति विद्यार्थी तीन हजारको प्याकेज बनाएर एक बोरा चामल, ५ केजी दाल,दुई लिटर तेल, नुन, सावुलन लगायतका अत्यवस्यक सामाग्री उपलब्ध गराएका थिए ।

अरुको दुःख देख्न नसक्ने लामाले लकडाउनका कारण समस्यामा परेका सिन्धुपाल्चोक घर भई बैद्ध क्षेत्रमा ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका २ सय विपन्न मजदूरहरुलाई राहत उपलब्ध गराए । राहत वितरण कार्यमा परिवारका सदस्यहरु ,बौद्ध गुम्वाका लामा र समाजसेवीहरुको साथ रहेको लामाले बताए । व्यवहारिक समस्या र महामारीको त्राशका कारण काठमाडौबाट गाउँफर्कन चाहनेहरुका लागि समेत आफूले पहल गरेको लामाले बताए । कोरोनाको महामारी सुरु भएसंगै लामाले वौद्ध एरियाका विभिन्न ठाउँमा हातधुने सावुन पानी र वाल्टिको व्यवस्था गरेका थिए । लकडाउन लगत्तै केही दिन वौद्धका परेवालाई चारो अभाव भएका कारण उनले चारो उपलब्ध गराएका थिए ।
हृदयघात(हटअट्यक)का कारण अस्वस्थ्य भएका हेलम्बुका लामा पासाङ तेम्वा लामाको उद्दार गरि नर्भिका अस्पतालमा भर्न गरिएकाे थियाे। प्रेमका गुरु समेत रहेका लामाको उपचारमा आर्थिक समस्या भएपछि आफ्नो र देशमायाँ लामाको पहलमा ९० हजार आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेको बताए ।
सिन्धुपाल्चोकको चौतारा घर भई सल्लाघारी बस्दै आएकी मिर्गौला विरामी कल्पना तामाङको डायलासिसमा सहयोग गर्दै आएको छन । उनले घरबाट अस्पातालसम्मको आवतजावत र आवस्यक खर्चको व्यवस्था मिलाइ दिएका छन । लामाले मिर्गौला दाता पाए ट्रान्सप्लान्ट गर्ने खर्च जुटाइदिने बचन मिर्गौला पीडित युवतिको परिवारलाई दिएको बताए । अपांग अधिकारकर्मी समेत रहेका लामाले आफ्नो पहलमा सिन्धुपाल्चोकको घोर्थलीकी एक वृद्धालाई हृवील चियर उपलब्ध गराएको बताए ।
रेडक्रसकर्मी समेत रहेका लामा विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारले राहतमा भन्दा स्वास्थ्य सामाग्रीमा जोड दिनु पर्ने बताउछन । बृहत परिक्षण,प्रयाप्त स्वास्थ्य सामग्री, प्रभावकारी उपचार र उच्च सतर्कताबाट मात्र कोरोनालाई जित्न सकिने उनको भनाइ छ । अहिले स्वास्थ्य संस्थामा औसधी सकिएको छ । सरकारले औसधी स्वास्थ्य संस्थालाई तत्काल उपलब्ध गराउन उनले अपील गरे ।
कोरोना सिर्जित समस्यका कारण सरकाले लकडाउन गरेसंगै लामाले दीर्घरोगीहरुलाई निशुल्क औसधी उपलब्ध गराउदै आएका छन । लामाले सिन्धुपाल्चोकको सुनकोसी वाड नम्बर १ र ५ का सुगर,प्रेसर, दमलगायतका नियमित औसधी खाने दीर्घ रोगीहरुलाई वडा कार्यालयसंग समन्वय गरेर औसधी उपलब्ध राउदै आएको लामा बताउँछन । त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जको साझा औसधी विक्रि कक्षबाट औसधी खरिद गरि वितरण गर्दै आएको उनले बताए । लकडाउन लम्मिदै गए विविभिन्न संघ संस्थाहरुलाई यो अभियानमा जोडिना आह्वान गर्ने उनले बताए ।
लामाले रोग निर्मलीकरणका लागि ४ थान स्प्रे सुनकोसीका हेल्थ पोष्टलाई उपलब्ध गराएका छन । उनले ७५ सय लि. छर्न पुग्ने (सोडियम हाइड्रोक्लोराइड) औसधी, पीपीइ सेट,थर्मोल गन समेत उपलब्ध गराएका छन ।
शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई आफू पुगेको ठाउँमा माक्स, सेनिटाइजर उपलब्ध गराउदै आएको लामाले बताए । गाउँपालिकामा वडाध्यक्षको रोहवारमा औसधी लगायतका स्वास्थ्य सामग्री वितरण गरेकोे लामा बताउँछन ।
सरकार नपुगेको ठाउँमा आफू पुगेर महामारीमा जनतालाई साथ दिइरहेको लामा बताउँछन । दृढ इच्छाशक्ति भएका लामाले महामारीमा पवित्र मनले जनतालाई साथ दिइरहेका छन ।
सरकारले कोरोना रोकथामा र नियन्त्रणमा दीर्घरोगीलाई निशुल्क औसधीको व्यवस्था, माक्स, सेनिटाइजर वितरण, दु्रत गतिमा परिक्षण,व्यवस्थित उपचार पद्दति, विरामीमैत्री आइसोलेशन र क्वारेन्टाइनको व्यवस्थापन र डिटक्सिफिकेशन(निर्मलीकरण)को अभियन नै सरकारले चलाउनु पर्ने लामाको सुझाव छ ।





