ताजा समाचार

समन्वय अभाव भएको भन्दै सचिवालय बैठकमा पार्टीका शीर्ष नेताहरु असन्तुष्ट

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा पार्टीसँग समन्वय नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकमा पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । भर्खरै सम्पन्न भएको नेकपा सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल छलफल भएपनि सरकारले पार्टीसँग समन्वय नगरेको तथा बैठक ढिला राखेर औपचारिकता मात्रै निभाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टीका शीर्ष नेताहरु झलनाथ खानल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले पार्टीलाई वाइपास गरेर सरकार अघि बढेको र त्यसले भोलीका दिनमा सरकारलाई अप्ठ्यारो पार्न सक्ने भन्दै उनीहरुले राम्रो कार्यक्रम दिएर जनतालाई राहत दिन सुझाव दिएका थिए । राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सुझाव लिनका लागि सचिवालय बैठक डाकेका थिए । प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।पार्टीको सहमतिमा सरकार संचालन गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सविचलायका सदस्यलाई सरकारको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन आग्रह गरेका थिए ।

शुक्रबार बसेको सविचलाय बैठकमा प्रधानमन्त्री ओलीले शुक्रबार नै संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा केही सुझाव भए दिन सचिवालय सदस्यहरुलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओलीले सुझाव मागेपछि सविचालयले महत्वपूर्ण सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शुक्रबार विहान सविचलाय बैठक बोलाएका थिए।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो। बैठकमा सरकारलाई नीतिक तथा कार्यक्रमबारे महत्वपूर्ण सुझाव दिएको नेता श्रेष्ठले बताए । सरकारका नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे संसदमा प्रस्तुत हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *