ताजा समाचार

धादिङमा पनि देखियाे काेराेना,संक्रमितकाे संख्या २ सय ४९ पुग्याे

काठमाडाैं। विहिवार साझ थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । विहिवार साझ राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परिक्षणमा तीन जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितमध्ये २ जना प्रदेश तीनका छन भने एक जना प्रदेश नम्वर २ का छन ।

काठमाडाैं दहचाेकका सात वर्षीय बालक, धादिङकी ३० वर्षीय युवती र धनुषाकी १७ वर्षीय युवतीमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

तीनै जना संक्रमितकाे स्वास्थ्यवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे सहप्रवक्ता अधिकारीले जनकारी दिए ।

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४९ पुगेकाे छ ।

Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *