काठमाडौं। सर्वोच्च अदालतले पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले कोरोना भाइरसको महामारी नियन्त्रण नियन्त्रण गरेर नागरिकको जीवन रक्षा गर्न पीसीआर परिक्षण गर्न सरकारका नाममा आदेश दिएको हो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परिक्षणको दायरा बढाउन र परिक्षण किटको अभाव हुन नदिन आदेश दिएको छ ।
अधिवक्ताहरु कमलबहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नामामा आदेश जारी गरेको हो




