काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले भारतले सीमामा ल्याएका नेपालीहरुलाई व्यवस्थित रुपमा नेपाल प्रवेश गराउन आग्रह गरेका छन ।
प्रवक्ता शर्माले आफ्नो आधिकारीक ट्वीटरमामार्फत सीमामा अलपत्र नेपालीहरुलाई व्यवस्थित रुपमा नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा कडाइका साथ राख्न सरकारसंग माग गरेका छन । क्वारेन्टाइनबाट अनिवार्य परिक्षणपछि घर जाने प्रवन्ध मिलाउन आग्रह गरेका छन । यो कार्यको प्रवन्ध तिब्र र बुद्धिमतापूर्वक गर्न प्रवक्ता शर्माले माग गरेका छन ।
केन्द्र सरकार पैसा पठाउ, प्रदेशले यातायात प्रबन्ध र स्थानीय तहलाई क्वारेन्टाइन ब्यवस्थित गर्र्न सुझाव दिएका छन ।





