काठमाडौं। विहिवार दिउसो थप एक जनामा कोरोना पुष्टि भएको छ । नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जनाकारी दिए ।
भरतपुर अस्पतालको प्रयोगशालमा परिक्षणको क्रममा नवलपरासीका एक पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ । कोरोना संक्रमित मध्ये ३५ जना निकोभएर घर फर्किएका छन ।





