काठमाडौं । नेपालमा बिहिबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीयाबालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय जनाएको छ।
योसँगै देशभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर २६ जना संक्रमित थपिएका थिए । आजको तथ्यांकसहित पछिल्लो दुईदिनमा काठमाडौं उपत्यकामा चार जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै ३५ जना बिरामी उपचार पछि घर फर्किएका छन् ।





