ताजा समाचार

नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने

काठमाडौं।लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । नेकापाले स्थायी कमिटि बैठक वैषाख ३१ गते (भोली) बुधवार बोलाएको हो । स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्वाराईमा ११ बजे बस्ने बताइएको छ । नेकपाले स्थायी कमिटी सदस्यहरुलाई एसएमएसमार्फत वैठकको जनाकारी दिइरहेको छ ।
स्थायी कमिटी वैठक टार्दै आएका ओली यो पटक भने वैठक वोलाउन तयार भएका छन । वैषाख २५ गते बस्ने भनिएको स्थायी कमिटी वैठक २४ गते अर्को मिति नतोकी स्थगित गरिएपछि अनिश्चित बनेको थियो । एजेण्डा तय नभएको भन्दै वैठक स्थिगित गरिएको थियो ।
२० जना स्थायी कमिटीका सदस्यहरुले लिखित रुपमा वैठक बोलाउन माग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपमा चरम विवाद उत्पन्न भएको थियो । कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधव नेपाल समुहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनेसम्मको कसरत गरेका थिए । आन्तरिक संघर्षका कारण पार्टी फूटसम्मको अवस्था सिर्जना भएको थियो । सचिवालय वैठकमा बामदेव गौतमको साथ पएपछि बहुमतमा रहेका ओली स्थायी समितिमा अल्पमतमा छन । भोली बस्ने स्थायी समिति बैठक ओलीका निम्ति निकै चुनौतिपूर्ण बन्ने नेकपाका नेताहरु बताउछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *