ताजा समाचार

थप १३ जनामा काेराेना संक्रमण पुष्टि,संक्रमितकाे संख्या १ सय ३४ पुग्याे

काठमाडाैं। नेपालमा एकै दिन २४ जना काेराेना संक्रमित थपिएका छन । कपिलवस्तुमा थप ६  र रूपन्देहीमा ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । वर्दियामा एक जना संक्रमित फेला परेका छन । संक्रमितमध्ये १२ जना पुरूष र १ जना महिला छन । संक्रमितहरू ११ वर्षदेखि ४० वर्ष उमेर समुहका छन ।

साेमबार विहन कपिलवस्तुकाे यराेधारा ५ मा १० जनामा काेराेना पुष्टि भएकाे थियाे । कपिलवस्तुमा मात्र  आज १६ जना काेराेना संक्रमित फेला परेका छन । एक जना  संक्रमित सप्तरीमा  फेला परेका छन  ।

नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ ।

 

Image

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *