ताजा समाचार

प्रवक्ता शर्माले भने नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप कांग्रेसलाई अस्वीकार्य

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य भएको जनाएकोे छ । कांग्रेसले नेपाली भूमि अतिक्रमण गरेर भारतले गरेको सडक निर्माणप्रति आपत्ति जनाएको छ । कांग्रेसले उच्च स्तरीय कुटनैतिक पहल मार्फत नेपाली भूमि रक्षा गर्न सकरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मालो प्रेश बक्तव्य जारी गर्दे
भारत र चीन दुवै राष्ट्रसंग संवाद गरेर अतिक्रमित भूमि फर्काउन माग गरेका छन । प्रवक्ता शर्माले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सरकारले उच्च स्तरीय कुटनैतिक प्रक्रियामार्फत गम्भीर पहलकदमी चाल्नु पर्ने बताएका छन। सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार भएको प्रवक्ता शर्माको दावी छ । महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा कांग्रेसले सार्वजनिक गरेको छ ।
कांग्रेसले विज्ञप्तीमार्फत भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमतिप्रति तत्कालिन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले अहमति जनाउदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गराएको छ ।

कांग्रेसले दुबै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति धारण सार्वजनिक गरेको छ । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न । अतः दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *