काठमाडाैं। साेमवार सप्तरीका एक युवालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिश्ठान धरानकाे प्रयाेगशालमा गरिएकाे परिक्षणामा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे । सप्तरीकाे डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
आजै कपिलवस्तुमा १० जनमा काेराेना पुष्टि भएकाे थियाे । नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय २१ पुगेका छ ।





