काठमाडौं । धेरै पछि अमेरिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हुने मृत्युदरमा कमी आएको छ । दैनिक दुई हजारको हाराहारीमा मृत्यु भएको अमेरिकामा अप्रिल र मे महिनाकै सबैभन्दा कम मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र ७ सय ५० जनाको मृत्यु भएको वल्डोमिटरर्सले सोमबार बिहान सार्वजानिक गरेको तथ्यांकले बताएको छ । योसंगै अमेरिकामा कोभिड १९ बाट मर्नेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ ।
त्यस्तै अमेरिकामा नयाँ संक्रमितको संख्या भने २० हजार भन्दा माथी छ । सार्वजानिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २० हजार ३ सय २९ जना संक्रमित भेटिएका छन् । यो सँगै अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ६ सय ३८ रहेको छ ।




