ताजा समाचार

लोकतन्त्रको विकल्प कम्युनिष्टतन्त्र हुन सक्दैन

नेपालको बर्तमान  सत्ता राजनीति र राज्य संचालनको बिषयमा व्याख्या र विश्लेषण गर्ने हो भने २०२८, सालको झापाकाण्ड र २०५२, सालको माओवादी शसस्त्र द्वन्द्वलाइ स्मरण गर्नुपर्ने हुन्छ ।अझै यसको पूर्व पृष्ठभूमि केलाउने हो भने  भारत को पश्चिम बंगालमा भएको नक्सलवादी बिद्रोहलाइ बुझ्नुपर्ने हुन्छ । त्यहा एउटा अपराधिक समुह थियो नक्सलाइस्ट समुह। जुन समुहले   त्यहा अपराधिक गतिविधि मच्चाउथ्यो, त्यस्को नेतृत्व चारुमजुमदारले गरेका थिए। जब सन 1947 मा भारत स्वतन्त्र भयो ,त्यो समुह कम्युनिष्ट पार्टिको नाममा रुपान्तरण भयो । त्यसैको प्रभावमा परेर २०२८,  सालमा कम्युनिष्ट माले नामको  समुह गठन भयो। त्यसको अर्को नाम थियो (कोशि को ओर्डिनेसन  कमिटी )। जसको नेतृत्व मोहनचन्द्र अधिकारिले गरेका थिए। उक्त समुहमा राधाकृष्ण मैनाली,सीपी  मैनाली ,खड्ग प्रसाद ओली सम्मिलित थिए।उक्त समुहले क्रान्तिको नाममा  नेपालको पूर्वी भाग झापामा प्रजातन्त्रप्रति आस्था र बिश्वास गर्ने दर्जनौ निर्दोष गरिब र किसानको हत्या गरे । ति थिए धर्म प्रसाद ढकाल,बुट्टन चौधरि,धिरेन राजबंशी आदि । अहिले ति हत्या भएका परिवारलाइ सोध्ने हो भने  त्यो अत्यन्त अमानबीय , क्रुर र पाशविक  हत्याको  घटना  थियो । फेरि अर्को हत्याको शृङ्खला माओवादि पार्टी नामको हिंसात्मक समुहले २०५२ सालमा मच्चायो।अनाहकमा १७ हजार निर्दोष नेपाली मारिए,खरबौंको बिकासका पूर्वाधार  नष्ट गरिए।  असंख्य  पक्कि पुल हरु भत्काइए, स्वास्थ्यचौकी, विद्यालय र मठमन्दिरमा बम पड्काइए। ग्रामिण भेगका लाखौं युवाजनशक्ति बिदेश पलायन भए।यि दुबै कालखण्डमा भएका हिंसात्मक  घटना  के का लागि गरिएका थियो त ? यसको उदेश्य र लक्ष के थियो त ? भारतको भूमिमा बसेर भारतकै संरक्षणमा आफ्नै सार्वभौमिकता र सार्वभौम राष्ट्रको अस्तित्व माथि किन  प्रहार गरे त ? यसको सहि जवाफ  हालसम्म हिंसामा संलग्न पक्ष्यले दिएको छैन्। यसको एउटैमात्र उदेश्य थियो  बिदेशीको चाहना र स्वार्थको निम्ति नेपाललाइ आर्थिक , सामाजिक र राजनैतिक रुपमा  कमजोर  र परनिर्भरता बनाउने बाहेक यसको उपदेयता केहि थिएन।यसको पुष्टि भारतका तात्कालिक र ‘का प्रमुख टि हर्मिजले इन्डियन एक्स्प्रेसमा लेखेको कुरा २०६५, साल जेष्ठमा  भारतीय  अखबार मा प्रकासशित भएको थियो।अझै स्पष्ट शब्दमा अर्का र ‘का अफिसर आर ‘के यादवले ‘मिसन र’ भन्ने पुस्तकमा नेपालको द्वन्दको रणनीतिकार भारत नै थियो र  द्वन्द्वका पात्र  डा. बाबुराम भट्टराइ र पुष्पकमल दाहाल्   नै थिए भनि उल्लेख गरेका छन्।

कम्युनिष्ट राजनीतिको नाममा नेपालमा जतिपनि हत्या र हिंसा भए ति सबै अपराध् (क्राइम) नै थियो।अपराध लाइ द्वन्द्व  (कनफ्लिक्ट)भनियो र   अपराधलाइ बैधानिकता दिइयो।जसको परिणाम दन्डहिनता मौलायो, सम्बैधानिक अंगहरू निकम्वा बनाइए । ओली सरकारले अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगलाइ आफ्नो   अभिष्ट पुरा  गर्ने कारिन्दा जस्तो बनाइदियो र भ्रष्टाचार  संस्थागत  गरियो। अन्तत्वगत्वा  राज्य भ्रष्ट र शिथिल हुन पुग्यो। विधि र पद्धति  मिच्न थालियो।निरन्तर प्रजातान्त्रिक मुल्य र मान्यता माथि प्रहार  हुन थाले। आज नागरिकको नैसर्गिक अधिकार, वाकस्वतन्त्रता , मौलिक हक संकुचन गर्न खोजियो। राज्यको चौथो अंग भनिने  प्रेस जगत प्रति निर्मम  बन्न थाले ।मिडियालाइ धम्किको भाषामा उनी भन्छन सरकारको बिरोध र आलोचना गर्ने कुनैपनि कुरा यो सरकार  र पार्टीलाइ सह्य हुंदैन। सरकारको कार्यशैलि बिरुद्ध आवाज उठाउने नागरिकलाइ राज्यप्रणालि बिरुद्ध लागेको भनि जनआवाजलाइ निस्तेज पार्न खोजियो। संविधान र कानुनको चरम दुरुपयोग  गर्दै नागरिक  माथि हुकुमि शैली लाद्न खोजियो । नेपाली नागरिकले सरकार सङ्ग जुन आशा र भरोसा गरेका थिए त्यो आशा र भरोसा  निरासामा परिणत भएको भयाे।

 जनप्रतिनिधि  संस्था  ब्यबस्थापिका संसदमा देशको प्रधानमन्त्री प्रतिपक्षी दलप्रति लक्षित  गर्दै उग्र, अशिष्ट भाषा र शैलिमा प्रस्तुत हुंदै  भन्छन कुन्ठा,आक्रोस र निम्छरो प्रश्नको जवाफ दिन सकिन्न।  जब सरकारलाइ खबरदारी  गर्ने र जनताको मागलाइ सम्बोधन गर्ने थलो भनेकै ब्यबस्थापिका संसद हो। लोकतन्त्रमा प्रतिपक्षि बिनाको  संसद कल्पना  गर्न सकिंदैन । यसको अर्थ उनको मानसपटलमा  अझै उग्र बामपन्थि ,सर्बसत्तावादी र अधिनायकवादी सोच कायमै छ।ओली सरकार गठन भएको दिनदेखि शृङ्खलाबध्द रुपमा  काण्डैकाण्ड भएका छन । ति निर्दोष १४ बर्षिय  बालिका निर्मला  पन्तको बलत्कारपछि हत्या होस वा  पत्रकार  शालिग्राम पुडासैनि काण्डमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा लगाएर  मिडियाकर्मी  रबि लामिछानेलाइ फसाउन  षड्यन्त्र होस यि सबै  राज्यशक्ति को दुरुपयोग गर्दै नागरिक  माथिको दमन र अत्याचार थियो।चाहे मिडिया सम्बन्धी बिधेयक होस या चाहे सूचना प्रविधि सम्बन्धी बिधेयक होस , यि सबै  कम्युनिष्ट ओली सरकारको निरंकुसताको  मनोगत कुचेष्टाले ल्याएको हो भन्ने सपष्ट हुन्छ । यि यावत घटनाक्रमलाइ  नियाल्ने हो भने सरकार फांसिवाद  तिर लम्किन  खोजेको जस्तो   देखिन्छ । प्रचण्ड  र ओली जुन धरातल र पृष्ठभूमिबाट आए उनको दिमागमा कतैनकतै निरंकुस एकदलीय  तानाशाही भ्रुण जीबित छ भन्ने  बुझिन्छ । होइन भने यो संकटको घडिमा भोकै रहेका गरिब मजदुरलाइ  राहत बितरण गर्ने  सामान्य नागरिकलाइ  पक्राउ गरेर थुन्छ,  पूर्वसचिव भीम उपाध्यायले  सामाजिक  संजालमा सरकारको  ब्याङ्यात्मक शैलिमा आलोचना गरेको आधारमा  पक्राउ गरेर साइबर क्राइमको मुद्धा लगाएर थुन्छ ।आफ्नै देशको नागरिक प्रति वैरभाव  राख्छ ।

राज्यसत्ताको दुरुपयोग  गर्दै नागरिकप्रति निर्दयी र क्रुर बन्छ भने यो सरकारले  नेपाली  नागरिकको जिउ धनको रक्षा गर्ला   भनेर भन्न किमार्थ  सकिन्न । सरकार नागरिकको रक्षक  हुनुपर्नेमा त्यस्ताे छैन । नेपालको लोकतन्त्र यसरी नै  अतिक्रमित हुंदै जाने हो भने ,खुम्चिदै गयो भने लोकतान्त्रिक मुल्य र मान्यता हरु समाप्त हुंदै जानेछन।किनभने एकदलीय कम्युनिष्ट तानाशाही ब्यबस्था  अपनाएको चीन र उत्तरकोरियालाइ आदर्श मान्ने  कम्युनिष्ट  सिंहदरवारमा बिराजमान छन्। जसरी पुर्वकम्युनिष्ट तानाशाहहरुले क्रान्तिको नाममा पचासौं लाख निर्दोष  नागरिकको हत्या गरे, देशलाइ दर्दनाक अवस्थामा पुर्याए। त्यसैको नक्कल र सिको गरि पटक पटक  कम्युनिष्टको नाममा भएको द्वन्दबाट देशले ठूलो क्षति बेहोर्नु परेको छ । हजारौँ  नागरिकले अकालमा ज्यान गुमाउनु  परेको हाम्रा आंखा अगाडि ताजै छन्। तर नेपालको भू राजनीतिक  अवस्था र लोकतान्त्रिक मुल्य र मान्यतालाइ  सिद्धान्त र आदर्शका रुपमा स्वीकार गर्ने दल र नेपाली नागरिकहरु २००७ सालदेखि लोकतन्त्र  र मानवअधिकार तथा आफ्नो हक र अधिकारको रक्षाको लागि संघर्ष गर्दै आएका छन । उक्त ताकत र शक्ति जीवन्त रहेकोले नेपाली नागरिकसमेत कुनैपनि नामको अधिनायकवाद वा निरङ्कुशवादलाइ स्वीकार नगर्ने हुनाले  कम्युनिष्ट ओली सरकारले चाहे जस्तो तानाशाहि  ब्यबस्था सम्भव  न हुन सक्छ  ।

लोकतन्त्रको विकल्प लोकतन्त्र  नै हो । लोकतन्त्रको विकल्प कम्युनिष्टतन्त्र हुन सक्दैन । अर्कोतर्फ  हालका सत्ताधारी कम्युनिष्टका नेताहरु चरम बिलाशी र सुबिधा सम्पन्न  भैसकेका छन्।  सर्बहाराको नाममा धनाढ्य  र पूजिपति  बनि सकेका छन्। अहिले नेपालका  कम्युनिष्टहरू कुन वादमा  आधारित  छन स्पष्ट छैन्। न कम्युनिष्ट   हुन  न लोकतन्त्र वादि हुन्। लोकतन्त्रवादि हुन भने किन लोकतन्त्र  माथि प्रहार गर्छन ? कम्युनिष्ट हुन भने यिनका आचरण ,चरित्र ,रहनसहन,  ठूलाठूला दलाल र माफिया कै जस्तो  बनिसकेको छ ।  कोभिड-१९, को कारण  देश माहांसंकटमा  फसेको समयमा देश र जनताप्रति ओली कम्युनिष्ट सरकार  उत्तरदायि छैन  भन्ने भोकमरीमा परेका गरिब  मजदुरप्रति  गरेको अमानविय  ब्यबहारले उदाङ्गो  पारेको छ। नेपाली   जनताले  यिनिहरुको  झुट र भ्रमजाल समयमै बुझ्नु जरुरि  छ।अन्यथा हाम्रा पछिल्ला पिंढीले ठूलो दुख र कष्ट बेहोर्नु  पर्नेछ। देश र जनताको भविष्य  अन्धकार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *