ताजा समाचार

संसदमा गगनको प्रश्न- भारतीय सीमा विवादमा पश्चातापमात्रै गरेकाे सरकारले प्रतिवाद कहिले गर्छ ?

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले सीमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन ।
उहाँले भारतको दादागिरी र त्यसमा चीनको न्यायोको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने पनि बताए ।
केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । काँग्रेस नेता थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *