काठमाडौं । प्रिमनसुन चलिरहेको नेपालमा पश्चिमी न्युन चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले अझै केही दिन पानी पर्ने सम्भावना रहेको छ। शुक्रबार र शनिबार केहि खुलेको मौसम आज बिहानैदेखि बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मेघगर्जन, चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ।
आइतबार बिहानदेखि पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
आइतबार बिहान निकालेको बुलेटिनमा देशको पश्चिमी भु भाग लगायत मध्य र पुर्वका पहाडी भू भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज राती देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु(भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
सोमबार पनि देशको अधिकांश भू(भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरीसहित वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरीसहित वर्षा को सम्भावना रहेको छ।




