काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ । वल्डोमिटरर्सले प्रकाशन गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार ४१ लाख ६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ८० हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा भने केही कमी आएको छ । शुक्रबार ५ हजार बढीले ज्यान गुमाएकोमा शनिबार भने ४ हजार २ सय ४८ रहेको छ ।
१४ लाख ३९ हजार ८ सय ४२ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा १४ सय २२ को ज्यान गएको छ भने देशभर ८० हजार बढीकोे ज्यान गएको छ । त्यस्तै १३ लाख ४७ हजार संक्रमित भएका छन् ।




