ताजा समाचार

देशको अखण्डता रक्षा गर्न नसक्ने सरकारको अकर्मण्यता निन्दनीय छ : डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकारले देशको अखण्डताको सुरक्षा गर्न नसकेको भन्दै बर्तमान सरकारलाई निकम्मा सरकार भनेका छन् ।

पूर्व परराष्टमन्त्री समेत रहेका डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अकर्मण्यता निन्दनीय छ, देशको सीमाको पनि रक्षा गर्न नसक्ने यो निकम्मा सरकार हो। उनले आज आफ्नो फेसबुक स्टाटसमा राष्ट्रियताको नारा लिएर सत्तामा पुगेको यो सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । उनले भनेका छन्, यो सरकारमा बस्नेहरु जे भन्छन् त्यो गर्दैनन्, उनीहरु जनतालाइ नारामा छल्न सकिन्छ काम गर्नु पर्दैन भन्नेमा विश्वास गर्छन । पूर्वमन्त्री डा.महतले भनेका छन्, अब यो सरकारमा बस्नेहरुले लिपुलेकमा जे भयो त्यसबारे थाहा नभएको बहाना गर्नेछन र अब समाधानका लागि पहल गर्ने भन्ने छन् नक्सा प्रकरणमा जस्तै तर केही गर्ने छैनन् । सहमहामन्त्री डा.महतले देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अक्रमन्यता निन्दनीय रहेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *