ताजा समाचार

स्थायी कमिटी बैठक छलेका ओलीले संसदीय दलको बैठक पनि छले

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन बोलाइएको स्थायी कमिटी बैठक छलेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक पनि छलेका छन् । शुक्रबार दिउसो पार्टीका सांसदहरुलाई संसदमा एक भएर प्रस्तुत हुन निर्देशन दिएर उनले संसदीय दलको बैठक छलेका हुन् ।

कोरोना सङ्क्रमणको भयका कारण संसदीय दलको बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले सबै सांसदहरूलाई लिखित निर्देशन दिएका छन् । संसदका दुवै सदनका बैठकहरू छोटा, छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकताहरूलाई माननीयज्यूले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट, छलफल, औचित्य, आवश्यकता र सम्भावना हेरी आयोजना गरिने नै छ भनेर उनले सांसदहरुलाई लिखित निर्दैशन दिएका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा संसदीय दलको बैठक नबोलाउने समझदारी भएको थियो ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले संघीय संसदको अधिवेशन सुरु हुनै लाग्दा यस्तो निर्देशन दिएका हुन् । ‘संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्या्दित एवम विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट छलफल औचित्य आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्,’ विगतमा जस्तै य संसद अधिवेसनमा पनि सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *