काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले आगामी वर्षको बजेटको प्राथमिकता कोरोना केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन । प्रतिनिधिसभाको छौटौ अधिवेशनलाई सम्वोधन गदै उनले सो कुरामा जोड दिएका हुन । सभापति देउवाले आगमी बजेटमा आवस्यक सचेतना, अत्यावस्यक स्वास्थ्य सामाग्री, अनिर्वाय उपचार, विविध क्षेत्रमा प्रयाप्त राहत, विदेसमा अफ्ट्यारोमा परेका नेपालीको उद्दार र पुर्नव्यवस्थापनमा अबको बजेट केन्द्रीत हुन पर्नेमा जोड दिए ।
बजेट अधिवेशनलाई सम्वोधन गर्दै सभापति देउवाले कोरोनबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने र वेथिति, विकृति भ्रष्टाचार र अधिनायकवादी नियतका विरुद्ध निरन्तर लड्ने यि दुई निहित विधिलाई निरन्तरता दिने स्पष्ट पारे । उनले कोरोनाका संकटका बेला सरकारमासंगै नरहे पनि शंकटमा संगै लड्न सक्ने राष्ट्रिय एकताको भावनाले नेपाली कांग्रेस अघि बढेको बताए ।
लकडाउनेले श्रमिक, वेरोजगार र विद्यर्थीहरुलाई सबैभन्दा संकटमा र सरकारले प्रयाप्त राहत नदिदा हजारौ श्रमिक पैदल हिडेर गाउँफर्किएकाे आरोप सभापति देउवाले लगाए । ना खान दिने, न गाउँ जान दिने सरकारकाको कार्यले जनतालाई आहत पुर्यायाे उनले भने कोरोनाको कारण रोजगारी गुमेका र राज्यबाट राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन ।
सुकुम्वासीलाई जाउलो पुर्याउने तत्कालिन दायित्व भूलेर सरकारले यो बेला सुकुम्वासी आयोग गठन गर्नुको कुनै तर्क नभएको सभापति देउवाले बताए । श्रमिक,वेरोजगारी, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायी, साना व्यपरी हुदै उद्योगी व्यवसायी लागायत सम्मलाई विभिन्न ढंगले राहत दिने बृहत्तर प्याकेज निर्माण,घोषणा र कार्यन्वयन गर्न सकरकासंग उनले माग गरेका छन ।
कोरोनासंग जुध्न आवस्यक विधि र परिक्षण सामाग्रीको अझै अभाव रहनु दुखद लज्जास्पद भएको देउवाले बताए । समयमा सामग्री प्रवन्ध नहुनु, खरिद प्रक्रियामा पारदर्शीता नहुनु, वजार मूल्यभन्दा बढी मूल्य निकसा गरेर भ्रष्टाचार गर्नु गम्भीर र अछम्य भएको सभापति देउवाले बताए । दोशीहरुलाई पदमुक्त गरेर अनुसन्धानमा सघाउन र कारवाही गन उनले आग्रह गरे ।
मुलुक कोरोनाले आतंकति भएको बेला सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मुल भावना विपरित दुईवटा विवादास्पद अध्यदेश जारी गरी अलोकतान्त्रिक एवै गैरजिम्मेवार चरित्र प्रस्तुत गरेको देउवको आरोप थियो । विपक्षी लागयतका राजनीतिक दल आम नागरिकसहति सवैले कोरोना विरद्धको लडाइमा साथ दिइरहेको बेला दल विभाजनको अध्यादेश ल्याउनु,संवैधानिक परिषदको गरिमा समाप्त गर्ने सड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियति भएको आरोप उनको थियो । एक सांसदको अपहरण हुन र यसमा कुनै पनि रुपले सरकारको संलग्नता देखिनु दुर्भाग्य हो उनले भने यस घटनको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कारवाही हुनु पर्छ ।
सभापति देउवाले भने एकतार्फ कोरोनासंग लड्ने साझा दायित्व छ भने अर्कोतर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतान्त्रिक र संविधानको विरुद्ध गरेको घात विरुद्ध वर्तमान संविधानको र लोकतन्त्रको रक्ष गर्नुपर्ने अभिभारा छ । सरकार बाहिर रहेका राजनीतिक दल सञ्चार माध्यम, वुद्धिजिवी र सम्पूर्ण नेपालीलाई यसबारे सजग र एकतावद्ध रहन देउवाले आग्रह गरेका छन ।
विश्वव्यापी रुपमा मानज जतिमा कोरोना रोग ठूलो चुनौतिका रुपमा देखा परेको उनले बताए । नेपाल महामारीको उच्च जोखिमा रहेको छ । सर्वत्र त्राश विद्यमान छ उनले भने यस्तो विषम परिस्थतिमा सरकारले कारोनाको नियन्त्रण र निर्मुल गर्न जिम्मेवार भएर कार्य गर्न असफल भएको छ । सरकारले नागरिकलाई आफू भएको अनुभूति दिलाउन सकेको छैन ।
महामारी विरुद्ध लड्नु पूर्व तयारी, लकडाउनका बेला राहत,क्वारेनटाइन, अस्पताल आदिको उचित व्यवस्थान, स्वास्थ्य तथा सुरक्षकर्मी लागयतको अग्रपंतिमा काम गरिरहका व्यक्तिको व्यक्तिगत सुरक्षा सामाग्री, परिक्षण सामाग्रीको आपूर्ति उचित तवरले हुन नसकेको सभापति देउवाले आरोप लगाए । नेपालमा कोरोनाको पहिलो संक्रमण पहिलो देखिएको महिनाै वितिसक्दा पनि व्यापक संख्यामा परिक्षण हुन सकेको भन्दै परिक्षणको दायरा बढाउन उनले आग्रह गरे । परिक्षण सामाग्रीको विश्वसनीयतामा प्रश्न चिन्ह उठेको समेत उनले बताए ।
विदेशका विभिन्न स्थानमा विचल्नीमा परेका नेपालीको उदरको कुनै योजना सरकारसंग छैन सम्बोधनका क्रममा देउवाले भने कोरोनबाट विभिन्न क्षेत्रमा उत्पन्न हुने नकरात्मक प्रभावको अध्यन गरी तत्कालिन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन ।
यस्तो अत्यान्त विषम परिस्थितिमा भ्रष्टचारको विषय सर्वाजनिक हुनु,सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म विपरितको कार्यमा व्यस्त हुनु, संसदको अपहरण हुन र यस्ता अवन्छित र आपराधिक क्रियकलाव कांग्रेसलाई स्वीकर्य नहुने चेतावनी दिए । सरकारको सुक्ष्म ढंगले अध्यान गरी सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कांग्रेसको ठहर गरेको देउवाले बताए ।
विदेशमा रहेका नेपाली कोरोनाबाट प्रतिडित छन सम्वोधनकै क्रममा देउवाले भने अफ्ट्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य हो । यसबारेमा आवस्यक व्यस्थापन र योजना संसदमा यथाघ्रि पेश गर्न गर्न र उद्दार गर्न उनले माग गरेका छन । विदेशमा अलपत्र परेका नेपालीहरु ल्याने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आग्रह देउवाले आग्रह गरे । कोरोना रोकथामका लागि सामाजिक दूरी व्यवस्थापन आवस्यक भन्दै जेलमा रहेका कैदीहरुलाई दूरी कायम गरेर राख्न ध्यान केन्द्रीत गर्न आग्रह गरे ।
सभापति देउवाले कोभिड १९ को उपचारमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको खुलेर प्रंशसा गरे । सुरक्षकर्मी र सरसफाइका क्षेत्रमा काम गर्नेहरुको पनि उनले प्रशंसा गरे । कोरोनाका कारण विदेशमा जीवन गुमाएका नेपाली प्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना प्रकट गरे । रोनाको उपचाररत नेपालीहरुको सिघ्रस्वाथ्य लाभको कामना गरे ।
सभापति देउवाले प्रतिनिधिसभाको वैठकले कोरोनामाथि विजय हासिल गर्न आवस्यक पर्ने सबै अत्यावश्यक कदमहरु बारे मार्गदर्शन र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्ने विश्वस व्यक्त गरे ।




