ताजा समाचार

सिंहदरबारकाे मुलगेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो ।
सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्। उनीहरुले भिषा थप गरिदिनु कि आफूहरु मुलुक फर्कन पाउनुपर्ने माग राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *