काठमाडौं।नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमित मध्ये पुरुषको संख्या ७४ छ भने २८ जना महिला रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी प्रदेश न. ५. मा २७ रहेका छन् जसमा नेपालगञ्ज मात्र २४ जनामा कोरोना देखिएको छ ।




