ताजा समाचार

लकडाउनकै बेला भारतबाट लुकिछिपी नेपाल छिरेका थिए कपिलवस्तुका संक्रमित

काठमाडौं । कपिलवस्तुमा बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई युवक भारतबाट लुकिछिपी नेपाल छिरेको खुलेको छ।
लकडाउनकै अवधीमा चारदिन अघि उनीहरु कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट हुँदै नेपाल आएका हुन् ।

कपिलवस्तुुको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते नेपाल छिरेको थाहा पाएपछि स्थानीले समातेर क्वारेन्टाइनमा राखेका थिए । मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखिएका उनीहरुको सोही क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरूलाइ बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन राखिने तयारी हुँदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *