काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख १६ हजार २ सय ४४ पुगेको छ। वल्डोमिटरर्सको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २ लाख ७० हजार ७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार ५ सय ८९ जनाको कोरोना कै कारण ज्यान गएको छ । विश्वभर १३ लाख ४१ हजार २ सय ३९ जना संक्रमणमुक्त भएका छन्।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख १७ हजार २ सय ५० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, जर्मनीमा १ लाख ३९ हजार ९ सय, स्पेनमा १ लाख १२ हजार ५ सय ११ जना संक्रमणमुक्त भएका छन्।




