काठमाडौं। विहिवार थप दुई जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाल काठमाडाैंमा परिक्षणका क्रममा कपिलवस्तुका २ जनको रिपोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई युवामा कोरोना संक्रमण पुष्टि भएसंगै हला नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । अहिलेसम्म ७३ जना पुरूषा र २८ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रदेश नम्वर१ मा ३१, प्रदेश नम्वर २ मा ३०,वागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्वर ५ मा २६ जना र प्रदेश ७ मा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
वैषाखा ११ गते डिस्चार्ज भएका काठमाडाैंका ५८ वर्षिय पुरूषकाे फलाेअपमा रिपाेर्ट पाेजेटिभ आएकाले उनकाे पाटन अस्पतालमा थप उपचार भइरहेकाे छ । वैषाख १४ गते डिस्चाज भएका राैतहटका १९ वर्षिय राैतहटका युवा र पर्साका ४४ वर्षिय पुरूषकाे पुन: परिक्षण गर्दा पाजेटिभ रिपाेट र उनीहरूकाे नारायणी अस्पतालमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।





