ताजा समाचार

संसदको वर्षे अधिवेशन तयारी : २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण

काठमाडौं । शुक्रबारबाट सुरु हुने वर्षे अधिवेशनको तयारी स्वरुप बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ ।
सरकारले शुक्रबार ४ बजेको लागि वर्षे अधिवेशन बोलाएको छ । संसदमा बस्नु अघि कोरोना परीक्षण गर्न अनिवार्य गरेको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *