काठमाडौं।कोरोना भाइरसका कारण ठूलो आर्थिक संकट र नसंहार बेहोरोको अमेरिकाले यस्तो संकट चीनका कारण निम्तिएको आरोप लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका रहेको आरोप निरन्तर लागउदै आएका छन ।
चीनमा रहेको भाइरसको मुहानै रोक्न चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन भन्ने ट्रम्पको भनाइ छ । चीनले ट्रम्पको आरोप अस्वीका गर्दै आएको छ । ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना तिब्र आलोचना गरिरहेको छ ।कोरोना सङ्कटले अमेरिका र चीनबीचको दूरी झन बढाएको छ ।
बीबीसी संवाददाताका अनुसार विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोर्होयाएका छन। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ । उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोर्होयाए । तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन।
ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेका खाले आक्रमणभन्दा घातक भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन ।
ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए ।
अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन ।
बीबीसीको सहयोगमा




