ताजा समाचार

नेकपा भित्रको संकट टरेको कि सरेको ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संकट टरेको कि सरेको भन्ने निष्कर्ष अहिलेसम्म निस्केको छैन।सचिवालय बैठकमा ओलीले अब आगामी बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने बताएपछि संकट चुलिएको हो वा सरेको हो केही भन्न सक्ने अवस्थामा नरहेको नेकपाका नेताहरुले जनाएका छन् ।
बालुवाटारमा सचिवालय बैठक चलिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव राखेपछि बैठकमै विवाद भएको थियो । त्यसपछि बैठक चलिरहेकै बेला आराम गर्न भनी केही समय ओली निस्किएपछि बैठक अवरुद्ध बनेको थियो । त्यही बीचमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बेग्लै वार्ता भएको थियो । दुई अध्यक्षबीचको वार्तामा आगामी बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने सहमति बनेपछि दाहालले पुन सचिवालय बैठकमा सदस्यहरुलाई त्यसबारे जानकारी गराएका थिए । त्यसलगत्तै बैठकले स्थायी समितिबारे ठोस् निर्णय नगरी नीति तथा कार्यक्रम केन्द्रित हुने निष्कर्ष निकालेको हो ।
सचिवालय बैठकले  बिहीवार स्थायी समिति बैठक बस्ने स्थान, एजेण्डालगायत टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर, सदस्यहरुबीच मतैक्य नभएपछि सिंगो पार्टी बजेट केन्द्रित हुने निष्कर्ष निकालिएको हो ।बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आराम गर्न जान्छु भनेर निस्किएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
पार्टीभित्रको आन्तरिक मतभेद कम गर्न र सरकारका कामकारवाहीका बारेमा छलफल गर्न २० जना स्थायी कमिटीका नेताहरुले हस्ताक्षर संकलग गरी माग गरेपछि यस अघिको सचिवालय बैठकले वैशाख २५ गतेकालागि स्थायी कमिटी बैठक बोलाएको थियो ।बुधबार बसेको सचिवालय बैठकमा कुनै पनि एजेण्डामा सहमति नभएपछि स्थायी कमिटी बैठक नै अनिश्चित भएको छ ।
सरकारले ल्याएको दुई वटा विवादास्पद अध्यादेशले पार्टीलाई पारेको असर, सरकारको नेतृत्वमा रहेर प्रधानमन्त्री ओलीबाट भएका गलत निर्णयले सरकार र पार्टीको नेतृत्व गर्ने क्षमता ओलीमा नदेखिएको हुँदा दुई मध्ये एक पदबाट ओलीलाई राजीनामा गराउने नेकपा नेताहरुको तयारी भएपनि बैठक नै टारिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *