ताजा समाचार

शुक्रबारबाट ४२ प्रकारका उद्योगहरु खोल्न दिने निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले शुक्रबारबाट अत्यावश्यक सेवामा क्रियाशील ४२ प्रकारका उद्योगधन्दा कलकारखानालाई खुलाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी नियम पालाना गर्दे कामदारको सबै विवरण राखेर ती उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै उद्योगहरुको सिफारिसमा सामान ढुवानीका लागि सवारी साधान पनि सञ्चालन गर्न दिने भएको छ ।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । साथै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्नेछ । श्रमिकलाई कार्यस्थलमा खाना र खाजाको व्यवस्था गर्नुपर्नेछ । स्थान अभाव भएमा सम्बन्धित वडामा भएका निजी वा सामुदायिक विद्यालय वा सरकारी खाली भवन प्रयोग गर्न स्थानीय व्यक्तिसँग सम्पर्क नहुने गरी आवासको व्यवस्था गर्न सकिनेछ ।

यस्ता छन  सरकारले खाेल्न अनुमति दिएका  ४२ उद्योगहरू 

१.खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु

२.दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग

३.औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४. खाने पानी उत्पादन गर्ने उद्योगहरु

५. इँटा उद्योग

६. पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७.खाने तेल तथा घ्यू उद्योग ८. चिनी उद्योग

९. चिया प्रशोधन उद्योग

१०. एलपीजी ग्याँस उद्योग

११. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२. कफि उद्योग

१३. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४.नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५.मसला उद्योग

१६. अलैंची र अदुवा प्रशोधन उद्योग

१७. कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८. धान चामल र चिउरा उद्योग

१९. दाल उद्योग

२०. पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१. खानी तथा खनिजजन्य उद्योग

२२. बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३.सिमेण्ट उद्योग

२४.आइरन तथा स्टिलउद्योग

२५.पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६.जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७.बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८. जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९. प्लाइउड र भेनिर उद्योग

३०. विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१. जस्ता पाता उद्योग

३२.हेभी मेशीनरी औजार मर्मत संभार

३३. खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४. समिल र काष्ठ उद्योग

३५.आल्मुनियम उद्योग

३६.ग्रील उद्योग

३७. फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८.ढुवानी तथा कार्गो सेवा उद्योग

३९. मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०. मोटर ग्यारेज वर्कसप उद्योग

४१. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३. विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४. औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *