ताजा समाचार

विरगञ्जमा दुई महिनाकाे बच्चासहित १७ जनमा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं। एकै दिन १७ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वस्थ्य प्रयोगशालमा परिक्षणका क्रममा पर्साको विरगञ्जका १७ जनको रिपोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन ।
२ महिनको बच्चादेखि ६६ वर्ष उमेर समुहमा कोरोना संक्रमण देखिएको छ । सात जना महिला र १० जना पुरुष छन । हला नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । अहिलेसम्म ७१ जना पुरूषा र २८ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश नम्वर१ मा ३१, प्रदेश नम्वर २ मा ३०,वागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्वर ५ मा २४ जना र प्रदेश ७ मा ५ जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिए ।

वैषाखा ११ गते डिस्चार्ज भएका काठमाडाैंका ५८ वर्षिय पुरूषकाे फलाेअपमा रिपाेर्ट पाेजेटिभ आएकाले उनकाे पाटन अस्पतालमा थप उपचार भइरहेकाे देवकाेटाले बताए । वैषाख १४ गते डिस्चाज भएका राैतहटका १९ वर्षिय राैतहटका युवा र  पर्साका ४४ वर्षिय पुरूषकाे पुन: परिक्षण गर्दा पाजेटिभ रिपाेट आएकाे देवकाेटाले बताए । उनीहरूकाे नारायणी अस्पतालमा उपचार भइरहेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *