ताजा समाचार

जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने सकारको निर्णय

काठमाडौं। सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोली बैषखा २५ गते सकिदै थियो । त्यसको अघिल्लो दिन सरकारले १० दिन लकडाउनको समयावधि बढाउने निर्णय गरेको हो ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले बैषाख ११ गतेबाट लकडाउन जारी राखेको छ । लामो समय बन्दावन्दी भएकाले कोरोना जोखिमका आधरमा क्षेत्र वर्गिकरण गरेर लकडाउनको मोडालिटि परिवर्तन गर्नु पर्ने आवज उठेपनि प्रधानमन्त्री केपी शर्मा ओली त्यसको विपक्षमा उभिएका छन । चैत ११ देखि लकडाउन लागू गरेको सरकारले यो पाँचौ पटक समय थप गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *