काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजि क्षेत्रका उद्योगीका व्यवसायीका मागका सम्वन्धमा गम्भीर बन्ने बताएका छन । बुधवार पार्टी कार्यालयमा निजि क्षेत्रका उद्योगीका व्यवसायीका नेतृत्वसँग अन्तरक्रिया गर्दै सभापति देउवाले सो कुरा बताएका हुन ।
उद्योगीका व्यवसायीका कुरा सुनिसकेपछि सभापति देउवाले भने तपाइहरूका समस्या सरकारसंग जोडदार रुपमा उठाउँछौ । प्रतिपक्ष दलको हैसियतले सरकारलाई दवाव दिएर निजि क्षेत्रका उद्योगीका व्यवसायीका माग सम्वोधन गराउने छौं । छलफलका क्रममा सभापति देउवाले कोरोनाका कारण नेपाली अर्थतन्त्र शंकटमा परेको बताए । रेमिट्यान्सले धानिएको अर्थतन्त्र रेमिट्यान्स नै जोखिममा परेपछि झन धरामा परेको उनले बताए । देश सधै लकडाउन हुँदा अर्थतन्त्रमा ठूलो असर पर्ने भएकाले कोरोनाबाट सबै बच्ने र देश चल्ने उपयाँको खोजी गर्नु पर्ने सभापति देउवाले बताए ।
कोरोनाको कारण कृषि, होटल व्यवसाय, प्रर्यटन, भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो असर परेको सभापति देउवाले औल्याए । निजि क्षेत्रका उद्योगी व्यवसायीहरलाई सरकारले ब्याज दरमा सहुलयित दिनु पर्ने उनले बताए । उनले भने कोरोनाका कारण होटल व्यवसाय ठप्प छन, पर्यटन व्यवसाय डामाडोल भएको छ, कृषि उत्पादनले बजार पाएको छैन, भौतिक पूर्वाधार ठप्प छ , बेरोजगारी समस्या विकराल बन्दै गएको छ सरकार गम्भीर बन्नु पर्छ ।
भारत, कुवेतलगायत खाडी र अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले आफ्नो देशमा फर्काउनु पर्ने उनले बताए । बोडरलगयतका विदेशी भूमिमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन प्रधानमन्त्रीसंग कुरा गरेको पनि उनले जानकारी दिए ।
संसद अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसेले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति कार्यक्रम र बजेट सम्वन्धमा कार्यक्रम आयोजना गरेको हो । कांग्रेसले उधोग, वाणिज्य लगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूको नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । संसद वजेट सुरु हुन भन्दा अघि पार्टीको आधिकारीक धारणा बनाउन अन्तिरक्रिया गरेको हो । कोरोना भइरसको मारले थलिएको अर्थतन्त्रलाई माथि उठाउने सम्वन्धमा छलफल भएको थियो ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आथित्यमा जारी कार्यक्रमको आयोजना कांग्रेस संसदीय दलले गरेको हो । यो कार्यक्रमको समन्वय छायाँ अर्थ मन्त्री डा. मिनेन्द्र रिजालले गरेका हुन।
कांग्रेसले अन्तरक्रिया कार्यक्रमको फेसबुक अकाउण्टबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।




