ताजा समाचार

लकडाउन थप गर्ने तयारी, वालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको लकडाउनलाई पुन थप गर्ने तयारी भएको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको हो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। आजको बैठकले लकडाउन पुनः थप गर्ने सम्भावना छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिने संकेत गरिसकेका छन्। प्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्न गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तर जारी राख्ने संकेत गरेका हुन्।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको थियो। सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ।

भारतले ४ जेठसम्म लकडाउनको अवधि थपिसकेको छ। भारतमा संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ। नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। भारतमा संक्रमण बढेको र नेपालमा पनि त्यसको दर बढ्दै गएपछि सरकारले झन कडाइृ गर्न लागेको हो । सरकारलाई काठमाडौ उपत्याकामा भने केही खुकुलो गर्ने नीजि क्षेत्रले आग्रह गरेपनि सरकारले त्यसलाई वेवास्था गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *