काठमाडौं।संसद अधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसेले आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति कार्यक्रम र बजेट सम्वन्धमा कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले उधोग, वाणिज्य लगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूको नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम गरिरहेको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आथित्यमा जारी कार्यक्रमको आयोजना कांग्रेस संसदीय दलले गरेको हो ।
यो कार्यक्रमको समन्वय छायाँ अर्थ मन्त्री डा. मिनेन्द्र रिजालले गरेका छन । संसद वजेट सुरु हुन भन्दा अघि पार्टीको आधिकारीक धारणा बनाउन अन्तिरक्रिया गरेको हो ।अन्तरक्रिया कार्यक्रम फेसबुक अकाउण्टबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।




