ताजा समाचार

शीर्ष नेताहरु नारायणकाजी निवासमा किन भेला भए ?

काठमाडौं । सत्तारुढ दलभित्र विवाद मिलाउने बहानमा नेताहरुको दौडधुप चलेको छ । सोमबार दिउसो नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तिवनस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्दय झलनाथ खनाल र माधव नेपाल एक पछि अर्को गर्दै पुगेर आन्तरिक विवाद बारे छलफल गरेका थिए।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली, प्रवृति र पार्टी र सरकार सञ्चालन शैलीमा असहमत रहदै आएका यी चार नेताको त्यसपछि त्यहाँ खाजा नास्ता सहित झण्डै दुई घण्टा छलफल भएको थियो । श्रेष्ठ निवासमा चार नेताको जमघट किन भयो ? यस विषयमा नेताहरुले खास केही त बताएका छैनन् । तर जति बताएका छन्, त्यो भनेको गत शनिबार सचिवालयमा जुटेको समझदारी व्यवहारतः कसरी कार्यान्वयन हुन्छ भन्नेमा नेताहरुका बीचमा छलफल चलेको थियो ।

अबको सचिवालय हुदै स्थायी समितिमा जाने प्रस्ताव अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पार्दैछन । त्यसमा प्रधानमन्त्रीको पनि सहमति आवश्यक छ । त्यो प्रस्तावमा एक व्यक्ति, एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, मन्त्रिपरिषद् फेरबदललगायतका विषयमा दुई अध्यक्षबीच जुटेको सहमति अक्षरशः पालना गर्नुपर्ने विषय देखि स्थायी कमिटी सदस्यहरूले खुलेर छलफल गर्न चाहेको कारण उनीहरूको मुख बन्द गर्ने गरी राजनीतिक प्रतिवेदन तयार नपार्न प्रचण्डलाई नेपाल, खनाल र श्रेष्ठले सुझाव दिएका थिए ।

प्रचण्डले पनि स्थायी कमिटी सदस्यहरूको माग सम्बोधन हुने गरी नै प्रतिवेदन तयार पार्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका मौखिक सहमतिलाई लिपिबद्ध गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । ओलीसँग दाहालले २० वैशाखको सचिवालय अगाडी एक व्यक्ति एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, संवैधानिक आयोगहरू र राजदूतलगायतको नियुक्तिमा बाँडफाँटलगायतका विषयमा सहमति जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *