ताजा समाचार

नेपालगन्जमा नौ वर्षिया बालिकासहित थप सात जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालगन्जमा थप सात जनामा कोरोन भाइरस संक्रमण देखिएको छ । स्वस्थ्य मन्त्रालयले मंगलबार बिहान सूचना जारी गर्दै नेपालगन्जमा नयाँ संक्रमित थपिएको बताएको हो ।

तीन पुरूष, तीन महिला र एक बालिकामा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जमा गरेको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण देखिएको हो । २२ देखि ४० वर्ष सम्मका ३ जना पुरुष र ९ वर्षिया बालिकासहित ५५ वर्ष सम्मका चार महिलामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालभर संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि पनि नेपालगन्जमा एकैदिन १६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए ।

Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *