ताजा समाचार

विश्वभर ११ लाख ९४ हजार जना कोरोनलाइ जितेर घर फर्किए, २ लाख ५२ हजारको मृत्यु

काठमाडौं । विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म विश्वभर ११ लाख ९४ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् । वल्डोमिटरर्सको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भाइरसको संक्रमणपछि उपचारबाट ११ लाख ९४ हजार ७ सय ३९ जना निको भएर घर फर्किएका छन् । त्यस्तै अझै ४९ हजारको अवस्था सिकिस्त छ ।

कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख ४३ हजार २ सय ७१पुगेको छ। विश्वभर २ लाख ५२ हजार २ सय ४१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ झन्डै ७० हजारको हाराहारीमा मृत्यु भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *