काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी दला नेता बाबुराम भट्टराईसहित चारजनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको उजुरी दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, दफा ५३, ५४, ५८(क), ७४ अनुसार दिइएको उजुरी दर्ता गरेको हो। राष्ट्रिय युवा संघ नेपालको तर्फबाट संजीवकुमार झा र अनेरास्ववियूका तर्फबाट नारायण घर्तीले दिएको उजुरी जिल्ला सरकारी वकिलको कार्यालयले सोमबारै दर्ता गरेको सूचना अधिकारी नुमराज खनालले बताए। उनका अनुसार नेकपामा सांसद्वय महेश बस्नेसाईत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण तथा शरीर बन्धक गरेको भन्दै मिथ्या आरोप लगाएर सामाजिक सञ्जालमार्फत् बद्नाम गराएको आरोप लगाउँदै उनीहरूले जाहेरी दिएका हुन्।
चारजनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा यसअघि जाहेरी दर्ता गरिएको थिएन। पूर्वप्रधानमन्त्री एवं तत्कालीन समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, हिसिला यमी भट्टराई, विश्वदीप पाण्डे र आङकाजी शेर्पा्विरुद्ध उजुरी दर्ता भएको हो।
दुवैका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमासमेत उजुरी दर्ता गरिएको छ। आजै जिल्ला सरकारी वकिलको कार्यालयले नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध दिइएको उजुरी पनि दर्ता गरेको हो।




