ताजा समाचार

ओली प्रचण्ड भेट : सचिवालय बैठकका एजेण्डाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकबारे छलफलका लागि सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको छ ।
शनिबारको सचिवालय बैठकले पार्टीको अन्तरकलहको अस्थायी समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो ।सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति गरेको थियो ।यसका लागि २४ वैशाखमा पुनः सचिवालय र २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ ।
दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय र शक्ति बाँडफाँडका विषयमा छलफल गर्न भेट भएको हो ।आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो ।यसअघिको बैठकमा पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने सचिवालयको निर्णय छ
। यसबाहेक उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने नेकपाको निर्णय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *