ताजा समाचार

नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व महानिरिक्षक खनालविरुद्ध अपहरण मुद्धा दर्ता

काठमाडौं । समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा दुई सांसदसहित एक पूर्वमहानिरिक्षकविरुद्ध अपहण मुद्धा दर्ता भएको छ ।

नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा अपहरणको जाहेरी दर्ता भएको हो ।
सांसद यादवले आफूलाई महोत्तरीस्थित घरबाटै अपहरण गरि काठमाडौंको होटल म्यारियटमा ल्याएर राखेको र आफू बिहान अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको उजुरीमा बताएका छन् । पार्टि फुटाउने प्रायोजनको लागि आफूलाई अपहरण गरेको सांसद यादवले दाबी गर्दै आएका छन् ।

यसअघि यादवसहित समाजवादी जनता पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन ।
उता, आजै अपहरणको आरोप लागेका सांसद बस्नेत, श्रेष्ठ र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । आफूहरु निर्दोष भएको दाबी सहित उनीहरुले मानवअधिकार आयोगमा विदेन दिएका छन् ।

यसअघि आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा। यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *