ताजा समाचार

तीन तहमा विभाजन गरेर लकडाउन थप गर्ने तयारी

 काठमाडौं।सरकारले देशभर गरेको लकडाउन बढाउने तयारी थालेको छ । देशभर तीन भागमा बाँडेर लकडाउन थप्ने तयारी थालेको हो । सरकारले रेडजोन ग्रीन जोन र यल्लो जोनमा बर्गोकरण गरेर लक डाउनलाई थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा’बादल’ को अध्यक्षतमा बसेको बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको स्रोतले जनाएको छ । वैठकमा गृहसचिव महेश्वर न्यौपाने परराष्ट्र सचिव शंकरदाश वैरागी, नेपाली सेनाका रथी प्रभुराम शर्मा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत उपस्थिति रहेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले लकडाउन बढाउनुपर्ने सुझाव दिएका थिए । उनिहरुले देशका अन्य क्षेत्रमा लकडाउन केही खुकुलो गरेपनि भारतसंग सीमा जोडिएका जिल्लामा तत्काल लकडाउन खुकुलो गर्न नहुने सुझाव दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समेत सुझाव सुनेपछि गृहमन्त्री थापाले बैशाख २५ पछि पनि लकडाउन थपिने संकेत गरे । उनले भने‘ लकडाउन बैशाख २५ पछि पनि थप्नुपर्ने अवस्था देखिएको छ। कोरोना संक्रमण कम देखिएका क्षेत्रमा लकडाउन केही खुकुलो गर्ने तयारी गरिएको छ। बैशाख २४ सम्म त्यसको मोडालिटि तयार हुन्छ ।’बैठकमा नेपालगञ्जमा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिएको भन्दै सिमामा थप कडाई गर्ने निर्णय गरिएको थियोे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *