काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३५ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा थप ८१ हजार ९ सय ६ जना संक्रमित थपिएपछि विश्वभर कोरोना भाइरस संक्रमित कुल ३५ लाख ६३ जहार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वल्डोमिटरर्सले सोमबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ लाख ४८ हजार १ सय ३५ जनाको ज्यान कोरोना भाइरसकै कारण गएको छ । पछिल्लो २४ घन्टामा भने विगत दुइ हप्तामा पहिलो पटक कम दरमा मृत्यु भएको छ । विश्वरभर मात्र ३ हजार ४ सय ७० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यसैगरी विश्वभर कोरोना संक्रमणपछि ११ लाख ५३ हजार ८ सय ४७ जना उपचारपछि घर फर्किएका छन् भने ५० हजार बढीको अवस्था भने सिकिस्त छ ।




