काठमाडौं।विश्वमा फैलिएको कोभिड -१९ महामारीका कारण मुलुक यतिबेला लकडाउनमा छ । लकडाउनले मानिसको दैनिकी कस्टकर बन्दै गएको छ भने आर्थिक गतिविधि प्रायः ठप्प छन । लकडाउनका कारण अपेक्षित रुपमा पुँजीगत खर्च हुन सकेको छैन। आर्थिक गतिविधि ठप्प हुँदा राजश्व असुलिमा ठूलो असर परेको छ ।
यसबीचमा संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै सरकार वजेट निर्माणमा जुटेको छ । अर्थमन्त्रालय आर्थिक वर्ष २०७७ /०७८ को वजेट निर्माणको अन्तिम चरणमा पुगेको छ । लक्ष्य अनुरुप खर्च र राजश्व चालु आर्थिक वर्षमा पुग्न नसके पनि चालु आवको तुलनामा एक खर्वभन्दा बढिको वजेट आगामी आर्थिक वर्षका लागि आउने भएको छ । चालु आर्थिक वर्षमा १५ खर्व ३२ अर्वको वजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा १६ खर्व ३२ अर्वको हाराहारीमा बजेट ल्याउन लागेको वजेट निर्माणमा संलग्न एक कर्मचारीले संकल्प खवरलाई बताए ।
उनका अनुसार अर्थमन्त्री डा. युवाराज खतिवडाले १६ खर्वको सिलिङ्गमा रहेर बजेट निर्माण गर्न निर्देशन दिएका छन । मान्त्री खतिवडाले आन्तरिक स्रोत संकुचन भएपनि सहयाता वृद्धि गराएर बजेटको आकार बढाउन लागेको स्रोतले बतायो । अर्थमन्त्री खतिवडाले वजेट निर्माणमा संलग्न अधिकारीलाई सामुहिक निर्देशन दिदै अनावस्यक कार्यक्रम आगामी वजेटमा नराख्न भनेका छन । आउदो वजेटमा राष्ट्रिय गौरव तथा ठूला आयोजनामा वजेट विनियोजन गरिने भएको छ ।
कृषि,शिक्षजस्ता क्षेत्रको वजेट कटौति नहुँने भएको छ । कोभिड-१९ को असरले प्रभावित क्षेत्रलाई वजेटले प्राथमिकता दिने भएको छ । आगामी वजेटमा स्वास्थ्य क्षेत्रले उल्लेख्य वजेट प्राप्त गर्ने वजेट निर्माणमा संलग्न अधिकारीहरुले बताएका छन । उर्जा, सहरी विकास, भूमि सुधार लगायत क्षेत्रको वजेट भने कटौति हुने भएको छ ।




