ताजा समाचार

रोल्पा कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रोल्पा। नेपाली कांग्रेस रोल्पाले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्यद्वारा हस्तारित ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत प्रधानमन्त्रीको कार्यालय सिहंहदरबार काठमाण्डौं, गृहमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौं र ५ नं. प्रदेशका मुख्यमन्त्रीको कार्यालय बुटवललाई बुझाइएको हो ।

ज्ञापन पत्रमा बिहिबार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ मैतेगातीना नजिकै उजेरी खोलामा बेवारिसे अवस्थामा रहेको वम बिस्फोटको घटनाको यथासीघ्र छानविनगरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । वम विष्फोटमा परी दिवंगत भएका बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन र सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ती सरह नै शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वम विष्फोटको घटनाले सबैलाई दुःखी एवम् मर्माहत बनाएको बताउदै ज्ञापनपत्र यथासिघ्र सम्वन्धीत निकायमा पठाउने बताए । उनले सो घटनाका विषयमा जिल्लाबाट निर्णयगरी राहतका लागि गृहमन्त्रालयमा सिफारिस गरी पठाइसकिएको जानकारी दिए । साथै प्रजिअ ढकालले वम बिष्फोटमा परी मृत्यु भएका चारैजना बालबालिकाका परिवारलाई प्रतिब्यक्ति १० लाखका दरले क्षतिपूर्ति दिइने आश्वासन समेत दिएका छन । नेपाली कांग्रेस रोल्पाका कार्यवहाक सभापति आचार्य लगायतको टोली प्रमुख जिल्ला अधिकारीको कार्यलयमा पुगी ज्ञापन पत्र बुझाएको हो ।

बाख्रा चराएर घर फर्कदै गरेका ४ बालबालिकाको बिहिबार वम विष्फोटमा परी घटनास्थलमै दुःखद निधन भएको थियो । यसरी निधन हुनेमा त्रिवेणी गाउँपालिका वडा नं ४ छेप निबासी लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली, त्रिवेणी गाउँपालिका ७ मैतेगातिनाका ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी, त्रिवेणी गाउँपालिका वडा नं ७ मैतेगातिनाका लालबहादुर केसीकी ११ वर्षीया छोरी विमला केसी र उनका भाइ ५ वर्षिय विजय केसी रहेका छन् ।

ज्ञापनपत्रमा सशस्त्र विद्रोहका बेला सबैभन्दा बढि प्रभाव परेको जिल्ला रोल्पाका बिभिन्न भागमा बेलाबेलामा यस्ता बमहरु भेटिने गरेको भएतापनि नेपालभर यस्तो कुराको खोजी र समाधान गरी भयमुक्त वातावरण सिर्जना गर्नका लागि पनि नेपाली काँग्रेस रोल्पा सरकारसंग अनुरोध गर्दछ भनिएको छ । यो घटनाले समस्त रोल्पा र रोल्पालीलाई पुनः त्रसित बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *