काठमाडौं। एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन । पर्सामा एक जना र नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
आइतबार पर्सा जिल्लका ३६ वर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यसै गरी नेपालगञ्जमा ५ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाए । संक्रमितहरु ७ देखि ५८ वर्ष उमेर समुहका छन ।
१६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। रौतहटका एक युवालाई भने स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन ।




